citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

इराकबाट ओमरिकी सेना फिर्ता हुने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

एजेन्सी । अमेरिकाले यस वर्षको अन्त्यसम्ममा इराकबाट आफ्ना सेना फिर्ता बोलाउने जनाएको छ । राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–कधिमीसँगको भेटवार्तापछि यस्तो घोषणा गर्नुभएको हो ।

तर अमेरिकी सेनाले इराकी फैजलाई तालिम र अन्य सहयोग भने जारी राख्ने बताइएको छ । इराकमा हाल दुई हजार पाँच सय अमेरिकी सेना कार्यरत छन् । यता इराकका प्रधानमन्त्री कधिमीले आफ्नो मुलुकमा अब विदेश सेनाको सहयोग आवश्यक नरहेको बताउनुभएको छ ।

उहाँले इराकले पुननिर्माण, शिक्षा र रोजगामीमा आफूलाई रुपान्तरण गर्ने बेला आएको भन्दै विदेशी सेना आवश्यक नरहेको बताउनुभएको हो । इराकमा हिंसात्मक गतिविधिमा संलग्न इस्लामिक स्टेट समूहविरुद्धको कारवाहीमा अमेरिकी सेनाले इराकलाई सहयोग गर्दै आएको छ ।

गत वर्ष राजधानी बगदादमा ड्रोन हमलामा शीर्ष इरानी जनरल कसेम सोलेमानी र इरान समर्थित शिया मुस्लिम मिलिसियाका नेता मारिएपछि इराकमा अमेरिकाको उपस्थिति एउटा प्रमुख मुद्दा बनेको छ ।

इरानसँग सम्बन्धित राजनीतिक दलहरुले सुन्नी जिहादी समूहले अमेरिकी सेना फिर्ता लिन चर्को दवाव दिँदै आएका छन् । यसबीच शिया मिलिसियालाई अमेरिकाले सयौं रकेट, मोटार र ड्रोन हमला गरी आक्रमण गरेको आरोप लगाउँदै आएको छ ।

himalayan life insurance
igi long