citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न आज बैंकिङ प्रणालीबाट एकैपटक रु १५० अर्ब खिच्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न लगातार पैसा खिचिरहेको छ। निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले पैसा खिचिरहेको हो। केन्द्रीय बैंकले आज कात्तिक १२ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ तान्ने भएको छ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नु पर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो ८ दिने निक्षेप संकलन उपकरणको आउँदो कात्तिक २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

IME Life
kumari