citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कांग्रेस पदाधिकारी बैठक बस्दै

क्रियाशील सदस्यताबारेको प्रतिवेदन बुझाउने तयारी

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ९ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्न लागेको हो ।

बैठकमा क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाउने तयारी छ । रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले झण्डै ५ महिना लगाएर प्रतिवेदन तयार पारेको छ ।

त्यस्तै १४ औं महाधिवेशनको तयारी र वडा अधिवेशनबारे छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले यसअघि आजदेखि तय गरेको वडा अधिवेशन भने स्थगित भएको छ । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ ।

himalayan life insurance
igi long