citizens life insurance long ad
stcnepal long ad

इजरायली प्रधानमन्त्रीबाट नेतान्याहु पदमुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । बेन्जामिन नेतान्याहु इजरायलको सत्ताबाट बाहिरिनु भएको छ । इजरायली संसदमा नयाँ गठबन्धन सरकारको पक्षमा बहुमत पुगेसँगै १२ वर्षदेखि लगातार प्रधानमन्त्री रहनु भएका नेतान्याहु बाहिरिनु भएको बीबीसीले जनाएको छ।

एक सय २० सदस्यीय संसदमा आफू सहित ६१ प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बन्नु भएको छ । नेतान्याहुले ५९ मत प्राप्त गर्नुभयो । पाँच पटक इजरायलको प्रधानमन्त्री बन्नु भएका नेतान्याहु पछिल्लो पटक सन् २००९ देखि लगातार प्रधानमन्त्री हुनुहुन्थ्यो ।

विपक्षी गठबन्धनको सहमति अनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट र येश यटिड पार्टीका नेता येर लेपिडले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्नुहुने छ भने मध्यमार्गी येश एटिड पार्टीका नेता लेपिडले सन् २०२३ को अगस्टदेखि सरकारको नेतृत्व गर्नुहुनेछ ।

IME Life
kumari