रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६० करोडको आइपीओ ल्याउने तयारीमा:
काठमाडौं । आइपीओ जारी गर्ने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । भर्चुअल माध्यमबाट सभा गरिने कम्पनीले जनाएको छ ।
आर्थिक वर्ष २०७६/०७७ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । रिलायबल नेपालले सर्वसाधारणमा ६० करोड रुपैयाँको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी पनि गरिरहेको छ । आइपीओ बिक्री पछि भने यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।