stcnepal long ad
ime life insurance
national life
global ime bank long

अमेरिकी राष्ट्रपति जो बाइडेनको १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेज पारित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको राहत प्याकेजसम्बन्धी विधेयक पारित भएको छ । १.९ ट्रिलियन अर्थात् १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज हाउस अफ रेप्रिजेनटेटिभ (अमेरिकी कंग्रेसको तल्लो सदन) बाट पनि पारित भएको हो । यसअघि यो विधेयक माथिल्लो सदन सिनेटबाट पारित भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण जनजीविकामै समस्या भोगिरहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले यो राहत प्याकेज ल्याइएको राष्ट्रपति बाइडेनले बताउनुभएको छ ।

राष्ट्रपति बाइडेनले राहत प्याकेज कार्यान्वयनका लागि भोलि हस्ताक्षर गर्ने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेपछि यसले कानुनी रूप पाउने छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म पाँच लाख ४२ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । दुई करोड ९८ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । महामारीका कारण अर्थतन्त्र प्रभावित भएको छ ।

बाइडेनले ल्याएको राहत प्याकेजअनुसार प्रत्येक नागरिकलाई १४०० डलर दिइने प्रस्ताव गरिएको छ । यस्तै बेरोजगारहरूलाई दिने गरिएको हप्तामा तीन सय डलरको सुविधाले सेप्टेम्बरसम्म निरन्तरता पाउने बताइएको छ ।

साथै यो प्याकेजले राज्य तथा स्थानीय सरकारलाई तीन सय ५० अर्ब डलर, विद्यालय खुलाउन सहजीकरणका लागि सय ३० अर्ब डलर, कोभिड(१९ को परीक्षण र अनुसन्धानमा ४९ अर्ब डलर र कोरोना विरुद्धको खोप वितरणमा १४ अर्ब डलर छुट्ट्याउने बताइएको छ ।

IME Lifesidebar
kumari