stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको निधन

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल। बुधवार फागुन १४ २०७६

कायरो । इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको मङ्गलबार निधन भएको छ । उनी ९१ वर्षका थिए । करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनको भरमा पदच्युत गरिएको थियो । उनको मृत्युको पुष्टि पूर्वराष्ट्रपतिका छोरा अला मुवारक तथा राष्ट्रपतिको कार्यालयबाट सूचनालाई उद्धृत गरी राष्ट्रिय टेलिभिजनमार्फत गरिएको छ । अलाले आफ्नो ट्वीटमा भने, “हाम्रा पिता होस्नी मुवारकको ९१ वर्षको उमेरमा मङ्गलबार विहान निधन भएको छ ।”
उनको अन्तयेष्टि सैन्य सम्मानका साथ बुधबार हुने जनाइएको छ । इजिप्टका पूर्व राष्ट्रपति अन्वर अल–सादतको इस्लामिक लडाकूद्वारा सन् १९८१ मा हत्या भएपछि मुवारक सत्तामा राष्ट्रपति बन्नुभएको थियो । सन् २०११ जनवरी २५ मा उनलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो । रासस/एएफपी

prabhu mahalaxmi
kumari