stcnepal long ad
ime life insurance
national life
global ime bank long

पदभार सम्हालेको सय दिन भित्र १० करोड नागरिकलाई खोप दिने बाइडेनको घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड अमेरिकी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइसक्ने घोषणा गर्नुभएको छ ।

आउँदो जनवरी २० मा पदभार ग्रहण गरेको दिनदेखि १०० दिनभित्र १० करोड व्यक्तिलाई कोप लगाउन अहिले उपलब्ध गराइएको खोपको मात्रालाई पाँच गुणाले बढाउनुपर्ने उहाँले दाबी गर्नुभएको छ ।

उहाँले आफूले यसअघि नै घोषणा गरेको खोपको लक्ष्य पूरा गर्न ट्रम्प प्रशासनले चासो नदेखाएको बताउनुभएको छ ।

कोरोना भाइरसविरुद्धको खोप वितरणमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अहिले गरिरहेको कामप्रति पनि उहाँले आलोचना गर्नुभएको छ ।

ट्रम्प प्रशासनले डिसेम्बरको अन्त्यसम्ममा २ करोड नागरिकलाई खोप लगाउने लक्ष्य लिए पनि त्यसअनुसार काम नगरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

IME Lifesidebar
kumari