stcnepal long ad
ime life insurance
national life
global ime bank long

एडप्याड प्रा.लि.ले राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट टिमको जर्सीको प्रायोजनको अधिकार एडप्याड प्रा.लि.लाई बिक्री गरेको छ । एएनएस ग्रुप अफ कम्पनी अन्तर्गत रहेको एडप्याडले राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजनका लागि अधिकार पाएको हो ।

जर्सी प्रायोजनसम्बन्धी यो सम्झौतामा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एडप्याडका अध्यक्ष सुदीप थापाले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता १५ महिनाका लागि रहने क्यानले जनाएको छ । एडप्याड मिडिया मार्केटिङ कम्पनी हो र यसले स्पोनसरसिप र बिक्री गर्नेसम्बन्धी काम गर्दै आएको छ ।

सम्झौतापछि अब राष्ट्रिय क्रिकेट टिमको जर्सीमा प्रायोजन खोज्ने र बिक्री गर्ने अधिकार एडप्याडले पाएको छ । क्यान आईसीसीको निलम्बनमा परेदेखि राष्ट्रिय टिम प्रायोजकविहीन भएको थियो ।

एडप्याडले अब १५ महिनासम्म राष्ट्रिय टिमले प्रतियोगिताका बेला खेल्ने, प्रशिक्षण र टुर खेल्न जाँदा लगाउने जर्सीका लागि प्रायोजन खोज्नेछ । क्यानका अध्यक्ष चन्दले यस सहकार्यले सकारात्मक सन्देश दिएको बताउँदै सहकार्यबाट फण्ड मात्र संकलन हुने नभइ क्रिकेटको प्रवर्द्धनमा पनि सहयोग पुग्ने बताउनु भयो।

यस्तै एडप्याडका अध्यक्ष सुदिप थापाले क्यानसँग सहकार्य गर्दै राष्ट्रिय क्रिकेट टिमसँग काम गर्ने अवसर पाउँदा खुशी लागेको बताउनु भयो। उहाँले सहकार्यले व्यावसायिक यात्रामा मात्र नभएर क्रिकेट विकासमा समेत सहयोग पुर्याउने बताउनु भयो।

IME Lifesidebar
kumari