stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकाले संक्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग गर्न दियो पूर्ण स्वीकृति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । अमेरिकाले कोरोना भाइरस संक्रमितको उपचारमा एन्टिभाइरल औषधि रेम्डेसिभिरको प्रयोगका लागि पूर्ण स्वीकृति दिएको छ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन ‘एफडिए’ले संक्रमितको उपचारमा प्रभावकारी देखिएको भन्दै औषधि प्रयोगको अनुमति दिएको हो ।

रेम्डेसिभिरले बिरामीको अस्पताल बसाई औषतमा पाँच दिनले कम गराएको पाइएको भन्दै उपचारमा त्यसको प्रयोगलाई पूर्ण स्वीकृति दिईएको एफडिएले जनाएको छ ।

भेक्लरी नामक ब्राण्डको रेम्डेसिभिर औषधिलाई एफडिएले स्वीकृति प्रदान गरेको हो । यसरी पूर्ण स्वीकृति पाउने सो औषधि पहिलो हो ।

यसअघि यो औषधिलाई आपतकालीन प्रयोगका लागि मात्रै स्वीकृति दिइएको थियो । कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि रेम्डेसिभिरसहितका औषधि दिइएको थियो । उनी अहिले संक्रमण मुक्त भएर चुनावी अभियानमा सक्रिय छन् ।

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले केही दिन अघि कोरोना भाइरसको संक्रमण भइ अस्पताल भर्ना भएका बिरामीको निको हुने दर तथा मृत्युदर कम गर्नमा सो औषधिको प्रभावकारिता अति न्यून रहेको बताएको थियो ।

prabhu mahalaxmi
kumari