stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

अमेरिकामा डढेलोबाट आइतबारसम्म ३० को मृत्यु

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म ३० व्यक्तिको ज्यान गएको छ। ओरेगनको डढेलोमा दर्जनौं मानिसहरु हराइरहेका छन् ।

एक आपतकालिन अधिकारीले भनेका छन् ‘राज्यले सामूहिक मृत्युको घटनाको तयारी गर्नु पर्छ।’ओरेगन, क्यालिफोर्निया र वाशिंगटनमा तीन हप्तादेखि आगलागी भइरहेको छ, करोडौं एकड जमिन र हजारौं घरहरू जलेको जनाइएको छ। हजारौं मानिसहरु आफ्नो घर छोड्न बाध्य भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका अधिकारीलाई भेटी डढेलोबाट भएको क्षतिबारे जानकारी लिनेछन् ।

डढेलोको प्रभाव क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा डढेलो अझै फैलिने चेतावनी अमेरिकी अधिकारीले दिएका छन् ।

ओरेगोन विगत २४ घण्टामा चार र यो सातामा कूल १९ जनाको डढेलोका कारण मृत्यु भएपछि सरकारले विमानको सहायतामा विभिन्न जङ्गल क्षेत्रमा करिब २० हजार थप अग्निनियन्त्रकलाई खसालेको छ ।

क्यालिफोर्नियामा करिब चारमहिने तातो तथा सुख्खा मौसम आउनुपूर्व नै अघिल्ला वर्षहरूको तुलनामा धेरै क्षेत्रमा डढेलोको प्रभाब देखिएको छ ।

डढेलो प्रभावित क्षेत्रमा उद्धारकर्मीले हृदय विदारक घटनाहरू देख्ने गरेको बताएका छन् । शनिबार एउटा कारमा डढेलोबाट बच्न भाग्दैगर्दा तातो सडकले टाएर पग्लिएपछि एउटा कुकुरलाई काखमा राखेकै अवस्थामा एक १४ वर्षीय बालकको मृत्यु भएको घटना सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो ।

राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यू फेल्प्सलेका अनुसार उद्धारकर्मीहरूले ठूलो सङ्ख्यामा डढेलोका कारण मृत्यु भएका हुनसक्ने विवरण दिएका बताए ।

अधिकारीहरूले प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षितस्थल तर्फ जान आग्रह गरेका छन् भने उक्त स्थलमा हजारौँ संरचनाहरू आगोले विनास गरेको बताएका छन् ।

prabhu mahalaxmi
kumari