stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

क्युबाको कम्युनिस्ट सत्ता ढाल्ने तयारीमा अमेरिका

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाले छिमेकी क्युबाको कम्युनिस्ट सत्ता ढाल्ने तयारी गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब क्युबाको सत्ता ढाल्न सैन्य कारबाही गर्ने चेतावनी दिनुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।

उहाँले महिनौँको इन्धन प्रतिबन्धले क्युबाको सत्ता चरम सङ्कटमा परेको बताउँदै क्युबाको सरकारविरुद्ध तत्काल कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

राष्ट्रपति ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले क्युबामा आफ्नो प्रभाव विस्तार गर्ने खुलासा गर्नुभयो ।  हालको विषम परिस्थितिले वासिङ्टनलाई क्युबामाथि चाँडै कारबाही गर्न प्रेरित गरिरहेको उल्लेख गर्दै  उहाँहरूले टापुले सामना गरिरहेको अत्यन्त कठिन परिस्थितिबारे प्रकाश पार्नुभएको छ ।

रुबियोले टापुको अर्थतन्त्र नियमसङ्गत र राजनीतिक तथा सरकारी प्रणालीमा रहेर सञ्चालन नभएकाले यसलाई तत्काल लयमा ल्याउन नसकिनेसमेत बताउनुभएको छ ।

क्युबाका राष्ट्रपति मिगेल डियाज–कनेलले उक्त टिप्पणीलाई आफ्नो देशविरुद्धको अमेरिकी धम्कीका रूपमा आलोचना गर्दै क्युबाले जस्तोसुकै अवस्थामा पनि आक्रमणको कडा प्रतिरोध गर्ने बताउनुभएको छ ।

गत डिसेम्बरमा राष्ट्रपति ट्रम्पले भेनेजुयलामाथि सैन्य कारबाही मार्फत त्यहाँका कम्युनिस्ट राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरी अमेरिका लगेसँगै त्यहाँ तेलको स्वामित्व अमेरिकाले लिएको छ ।

अमेरिकाले भेनेजुयलाबाट क्युबामा तेल पठाउन प्रतिबन्ध लगाएसँगै क्युबाको जनजीवन अस्तव्यस्त भएको छ ।  क्युबामा  सन् १९५९ देखि  त्यहाँको कम्युनिस्ट पार्टीले एकलौटी सत्ता चलाउँदै आएको छ ।

prabhu mahalaxmi
kumari