stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग सहयोग मागे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गराउन चीनसँग सहयोग मागेका छन् । ट्रम्पले युक्रेन युद्ध समाप्त गर्न रुससँगको सम्झौतामा चीनको सहयोग लिन चाहेको बताएका हुन् ।

ट्रम्पले भने, “म युक्रेन शान्ति प्रक्रियाको मामिलामा चीनले हामीलाई सहयोग गरोस् भन्ने चाहन्छु ।” एसिया भ्रमणमा निस्किएका ट्रम्पले एयर फोर्स वान विमानमा पत्रकारसँग यस्तो बताएका हुन् ।

यो भ्रमणका क्रममा उनले दक्षिण कोरियामा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन् । चीन रुसको सबैभन्दा ठूलो सहयोगी हो । र, युक्रेन युद्धका विषयमा पश्चिमा देशले लगाएको प्रतिबन्धपछि पनि चीन रुसका निम्ति महत्त्वपूर्ण सहारा बनेको छ ।

युक्रेनको राजधानी किभका निम्ति गएको साता कठिन रहेको समयमा ट्रम्पले यस्तो बताएका हुन् । त्यति बेला रुसले युक्रेनका विभिन्न ऊर्जा संरचनामा आक्रमण गरेको थियो ।

यसबीचमा अमेरिकाले युक्रेनलाई टमहक क्रुज मिसाइल दिन अस्वीकार गरेको थियो । जबकि, युरोपेली संघका नेताले रुसको रोक्का सम्पत्तिबाट युक्रेनको रक्षाका निम्ति कोष जारी गरेनन् ।

prabhu mahalaxmi
kumari