stcnepal long ad
ime life insurance
national life
global ime bank long

एयर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एयर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । विमानस्थलका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहमदाबादबाट लन्डन, गेटविकका लागि उडान नम्बर एआई१७१ आज उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भयो ।

फलस्वरूप, सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल हाल बन्द छ । अर्को सूचना नभएसम्म सबै उडानहरू निलम्बित रहनेछन् ।’

‘यात्रुहरूले विमानस्थलमा आइपुग्नुअघि आफ्नो एयरलाइन्ससँग पछिल्लो जानकारीको लागि जाँच गर्नु होला । हामी तपाईंको सहयोग र धैर्यताको लागि अनुरोध गर्दछौँ । थप जानकारी उपलब्ध हुने बित्तिकै तपाईंलाई प्रदान गरिनेछ,’ प्रवक्ताले भनेका छन् ।

एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थाल नजिक बिहीबार दुर्घटना भएको थियो । बीबीसी

IME Lifesidebar
kumari