stcnepal long ad
ime life insurance
global ime bank long

युक्रेनमा रुसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण, १२ जनाको ज्यान गयो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र अन्य देशहरूको मौनताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण गरिराख्न प्रोत्साहन मिलेको बताउनुभएको छ ।

रुसले युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेपछि जेलेन्स्कीले रुसलाई कडा दबाब नदिएसम्म यस्ता आक्रमण नरोकिने बताउनुभएको हो ।

अस्ति शनिवार रातिदेखि रुसले झन्डै चार सयवटा मिसाइल र ड्रोन आक्रमण गर्दा १२ जना नागरिकको ज्यान गएको छ । यो सन् २०२२ मा रुसले आक्रमण शुरु गरेयताको सबैभन्दा ठूलो हवाई आक्रमण भएको बीबीसीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनमाथि अत्याचार गरिरहेको प्रतिक्रिया दिनुभएको छ ।

यस्तै युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रातभरको आक्रमणले रुस युक्रेनलाई पूर्ण रूपमा ध्वस्त पार्ने लक्ष्यमा रहेको देखाएको बताउनुभएको छ । उहाँले रुसमाथि थप अन्तर्राष्ट्रिय दबाब दिन पनि आह्वान गर्नुभएको छ ।

यसैबीच पछिल्लो तीन दिनमा दुवै पक्षले एकअर्कालाई तीन सयभन्दा धेरै सेना फिर्ता गरेका छन् । युक्रेनी अधिकारीहरूले रुसी कैदबाट फर्किएका धेरैलाई यातना दिइएको र खानाबाट समेत बञ्चित गरिएको बताएका छन् ।

prabhu mahalaxmi
kumari