sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल धितोपत्र बोर्डले दुई बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ।नेपाल एसबिआई बैंकले ३ अर्ब रूपैयाँबराबरको र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि बोर्डबाट अनुमति पाएका हुन्।

नेपाल एसबिआई बैंकले १० वर्षे अवधिको ७ प्रतिशत ब्याजदर भएको भएको ऋणपत्र निष्कासन गर्न लागेको छ।

बैंकले निष्कासन गर्न लागेको ऋणपत्रमध्ये १ अर्ब २० करोड रूपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत् र १ अर्ब ८० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।
यसको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

त्यसैगरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० वर्षे अवधिको ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो।

बैंकले निष्कासन गर्न लागेको ऋणपत्रमध्ये ४० करोड रूपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत् र ६० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

यसको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ।

prabhu bank
nawakantipur long