stcnepal long ad
ime life insurance
global ime bank long

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा जेठ २६ गते 

सेयरधनीलाई बोनस प्रस्ताव

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बस्ने भएको छ । साधारण सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

इन्स्योरेन्स कम्पनीले यसअघि सातौं वार्षिक साधारण सभाबाट निर्णय भएको ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव भने रद्द गर्ने बताएको छ ।

प्रस्तावित बोनस सेयरबाटै नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम हुने भएका कारण हकप्रद प्रस्ताव रद्द गर्न लागिएको प्रभु महालक्ष्मी इन्स्योरेन्सले जानकारी गराएको छ ।

बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा छ ।

साधारण सभा प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, उक्त दिनभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

तर अघिल्लो दिन जेठ १५ गते गणतन्त्र दिवसका कारण सार्वजनिक विदा छ । यसकारण जेठ १४ गते बुधबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । वार्षिक साधारण सभा आम्रपाली बेंक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

prabhu mahalaxmi
kumari