stcnepal long ad
ime life insurance
global ime bank long

पाकिस्तानको पञ्जाबमा आँधी: १९ जनाको मृत्यु

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शनिबार परेको भीषण हावाहुरीका कारण १९ जनाको ज्यान गएको छ  भने ९० भन्दा बढी  मानिसहरू घाइते भएका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडिएमए) ले आइतबार सार्वजनिक गरेको विवरणमा यसबारे जानकारी दिइएको हो ।

पीडिएमएका अनुसार मृतकहरू प्रायः माटो वा कमजोर संरचनाका घरमा रहेका थिए । ती घरहरूमा पर्खाल वा छाना ढल्यो, जसले मानिसहरूलाई पुरेको थियो ।

हावाहुरी र असिनाका कारण रूख ढलेका, पर्खाल भत्किएका, प्रचार सामग्री उखेलिएका र सौर्य पानाहरू पनि क्षतिग्रस्त भएका छन् ।

prabhu mahalaxmi
kumari