stcnepal long ad
ime life insurance
global ime bank long

जर्मनीमा आम निर्वाचनका लागि मतदान सुरु

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

जर्मनीमा आम निर्वाचनका लागि मतदान सुरु भएको छ। चान्सलर ओलाफ सोल्जले नेतृत्व गरेको तीन पार्टीको सत्तारुढ गठबन्धन टुटेपछि समयअगावै चुनाव भएको हो। सोल्ज सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी)का नेता हुन्।

यो चुनावबाट क्रिस्टियन डेमोक्र्याटिक युनियन पार्टी (सीडीयु) का फ्रेडरिक मर्ज नयाँ चान्सलर बन्ने अनुमान गरिएको छ। परम्परावादी सो समूहले ३० प्रतिशत हाराहारी मत ल्याउने अनुमान छ।

चरम दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टी दोस्रो हुने प्रक्षेपण छ। उसले २० प्रतिशत मत पाउने बताइएको छ। अमेरिकाको अनुदार खेमाले खुलेआम यो चुनावमा एएफडीलाई जिताउन आह्वान गरिरहेका छन्। चुनावपछि अन्य पार्टीहरूले गठबन्धन गरेर एएफडीलाई सत्ताबाहिर राख्ने अपेक्षा गरिएको छ।

सबैभन्दा ठूलो पार्टी बनेमा सीडीयूका मर्जले एसपीडी वा ग्रिन पार्टीसँग गठबन्धन गर्ने आकलन छ।जर्मनीमा ५।९२ लाख मतदाता छन्। युरोपकै ठूलो अर्थतन्त्र भएको यो देश पछिल्लो समय मन्दीको सामना गरिरहेको छ। पूर्वाधार, आप्रवासन, सुरक्षाजस्ता मुद्दामा मतदान भइरहेको छ।

prabhu mahalaxmi
kumari