citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, १९ जना घाइते, तीन जनाको अवस्था गम्भीर

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

क्यानाडाको टोरन्टोमा अवतरण गर्ने क्रममा एक विमान पल्टिँदा एक बालकसहित १९ जना घाइते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको एपीले जनाएको छ ।

मिनेसोटाबाट टोरन्टोका लागि आएको डेल्टा उडानमा सवार सबै ८० जनालाई अमेरिकी संघीय उड्डयन प्रशासनले सकुशल निकालेको छ । ७६ जना यात्रु र चार चालक दलका सदस्य रहेको सो विमान स्थानीय समय अनुसार दिउँसो सभा २ बजे दूर्घटना भएको हो ।

क्यानाडाको विमानस्थलहरुको तुलनामा धेरै यात्रुहरू ह्यान्डल गर्ने सो विमानस्थल सो घटना पछि करिब साढे दुई घण्टाको लागि बन्द भएको थियो ।

दुर्घटना के कारणले भयो भन्ने स्पष्ट नभएपनि मौसमकै कारण हुन सक्ने अनुमान गरिएको छ । क्यानाडामा ६५ किलोमिटरको गतिमा हिउँ र हावा चलिरहेको र तापमान माइनस ८ दशमलव डिग्री सेल्सियस रहेको क्यानाडाको मौसम विज्ञान सेवाले जनाएको छ ।

क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले घटनालाई गम्भीर रुपमा नजिकबाट नियालिरहेको बताएका छन् ।

gold
himalayan life insurance long ad
kumari bank