stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

अमेरिकामा ‘डिभी’ कार्यक्रम अन्त्य गर्ने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाको संसदमा ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम’ अर्थात् (डिभी) अन्त्य गर्नेसम्बन्धी विधेयक पेश भएको छ । रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले अमेरिकाको सुरक्षा र निष्पक्षता सुधार्ने विधेयक २०२५ संसदमा प्रस्तुत गर्नु भएको हो ।

विधेयको मुख्य उद्देश्य जारी भिसा लट्री अन्त्य गर्नु रहेको अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले जनाएको छ । रिपब्लिकन सांसदहरूले डिभी लट्री कार्यक्रम अन्त्य गर्ने तयारीसहित विधेयक प्रस्तुत गरिएको हो ।

सांसदहरूले कम्प्युटर कोडका आधारमा भिसा वितरण गर्दा राष्ट्रिय सुरक्षालाई कमजोर पारिरहेको तर्क गरेका छन । अमेरिकी विदेश विभागले सञ्चालन गरिरहेको डिभी प्रोग्रामले वार्षिक झन्डै ५५ हजार जना आप्रवासीलाई ‘ग्रीन कार्ड’ दिने गरेको छ ।

आप्रवासी छनोट गर्दा योग्यतामा आधारित हुनुपर्नेमा कोडको आधारमा हुँदा राष्ट्रिय सुरक्षा चिन्ता बढाउने संसादहरूको भनाइ छ ।

भिसा लट्री समाप्त गर्ने विधेयकले अमेरिकाको बिग्रिएको अध्यागमन प्रणालीलाई सुधार गर्ने संसदमा पेश भएको विधेयकमा उल्लेख छ ।

अमेरिकामा यसअघि पनि डिभी भिसा कार्यक्रमलाई लिएर आलोचना हुने गरेको थियो । संसदमा रिपब्लिकनको बहुमत रहेको र सो पार्टीबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले पनि आप्रवासी नीतिमा कडाइ गरिरहनुभएकोले विधेयक पारित भएर डिभी कार्यक्रम रोकिने सम्भावना रहेको फक्स न्यूजले उल्लेख गरेको छ ।

prabhu mahalaxmi
kumari