citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

२ वर्षभित्र टाटाले भारतमा चार्जिङ नेटवर्कको संख्या ४ लाख पुर्‍याउने

मेगा चार्जर समेत जडान गर्ने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

टाटा मोटर्सले भारतको चार्जिङ पूर्वाधार विस्तार गर्न आफ्नो ‘ओपन कोलाबोरेसन २.०’ पहलको घोषणा गरेको छ ।

कम्पनीले टाटा.ईभी मेगा चार्जर नेटवर्क स्थापना गर्न प्रमुख चार्जिङ प्वाइन्ट अपरेटरहरू-सिपीओएस_सँग साझेदारी गर्न लागेको हो ।

सन् २०२७ सम्ममा हाल उपलब्ध चार्ज प्वाइन्टको संख्यालाई दोब्बरले बृद्धि गरेर ४ लाखसम्म पुर्याउने लक्ष्य कम्पनीले राखेको छ ।

नयाँ पहल अन्तर्गत, सिपीओएसले ३० हजार नयाँ सार्वजनिक चार्जिङ पोइन्टहरू स्थापना गर्ने र यी सबै नेटवर्कमा अन्य ब्रान्डका ईभीले समेत पहुँच पाउने जनाइएको छ ।

टाटा मोटर्सले सन् २०२३ देखिनै सिपीओएस र आयल मार्केटिङ कम्पनीहरू (ओएमसिएस) संग साँझेदारी गरी राजमार्ग र मुख्य हट स्पटहरूमा चार्जिङ नेटवर्क विस्तार गर्दै आएको छ ।

जसका कारण, भारतमा पब्लिक चार्जिङ पोइन्टको संख्या १५ महिनामा दोब्बरले बढेर १८ हजार नाघेको कम्पनी भनाई छ ।

साथै, टाटा.ईभीले २ वर्षमा पाँच सयवटा मेगा चार्जरहरू स्थापना गर्न टाटा पावर, चार्जजोन, स्टाटिक र जिओनसँग एमओयूमा हस्ताक्षर गरेको छ ।

पहिलो चरणमा यी सुपरफास्ट चार्जरहरू प्रमुख सहर र प्रमुख राजमार्गहरूमा तैनाथ गरिने कम्पनी भनाई छ ।

कम्पनीका अनुसार मेगा चार्जरहरू सबै ईभीका लागि खुला हुने भएपनि टाटाका ग्राहकलाई पहिलो प्राथमिकता दिइनेछ । ग्राहकहरूले आईआरए.ईभी एपमार्फत मेगा चार्जरहरू ट्रयाक गर्न र भुक्तानी गर्न सक्नेछन् ।

gold
himalayan life insurance long ad
kumari bank