stcnepal long ad
global ime bank long

युद्धविरामको पहिलो चरणमा रिहा हुनुपर्ने आठ जना बन्धकको ज्यान गएको इजरायलको दाबी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

गाजा युद्धविराम सम्झौताको पहिलो चरणको अवधिमा हमासले रिहा गर्न बाँकी २६ जना बन्धकमध्ये आठ जनाको ज्यान गएको इजरायलले जनाएको छ ।

इजरायलका सरकारी प्रवक्ता डेभीड मेन्सरका अनुसार प्यालेस्टिनी सशस्त्र समूहले बन्धकहरूको अवस्थाको बारेमा दिएको सूचीमा आठ जना बन्धकको ज्यान गएको उल्लेख छ ।

हमासले आठ जनाको हत्या गरेको भन्दै यसबारे उनीहरुका परिवार तथा आफन्तलाई इजरायले जानकारी गराइसकेको बीबीसीले जनाएको छ ।

यही जनवरी १९ मा युद्धविराम शुरू भएदेखि इजरायली जेलमा रहेका दुई सय ९० भन्दा बढी प्यालेस्टिनी कैदीको बदलामा सात जना महिलालाई हमासले रिहा गरिसकेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार यो हप्ता हमासले थप ६ जना बन्धकलाई रिहा गर्ने छ ।

इजरायलले ८७ जना बन्धकहरूमध्ये ३४ जनाको ज्यान गइसकेको अनुमान गरेको छ । युद्धविराम सम्झौतामा पहिलो चरणमा हमासले ३३ जना बन्धक रिहा गर्ने बताएको छ ।

IME Lifesidebar
kumari