हुन्डाईले इलेक्ट्रिक थ्री ह्विलर र फोर ह्विलर सवारी साधन निर्माण गर्ने
टीभीएससँग साझेदारी

हुन्डाई मोटर भारतीय व्यावसायिक बजारमा प्रवेश गर्ने तयारीमा छ । कम्पनीले हालै सम्पन्न भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा कन्सेप्ट मोडल इलेक्ट्रिक थ्री ह्विलर E3W र माइक्रो फोर ह्विलर E4W सवारी साधन प्रदर्शन गरेको थियो ।
हुन्डाईले सो मोडल कम्पनीको भिजन ‘प्रोग्रेस फर ह्युमानिटी’ अन्तर्गत तयार गरेको हो । कम्पनीले यसलाई कमर्शियल सेक्टरमा इन्टर सिटी मोबिलिटी र लास्ट माइल मोबिलिटी समाधानको लागि डिजाइन गरेको हो।
यसका लागि कम्पनीले टीभीएस मोटरसँग साझेदारी गरेको छ । सो साझेदारी अन्तर्गत दुवै कम्पनीले संयुक्त रुपमा इलेक्ट्रिक थ्री ह्विलर र माइक्रो फोर ह्विलर सवारी साधन निर्माण गर्नेछ ।
यद्यपि अहिलेसम्म यी दुई कम्पनीबीच साझेदारीका लागि कुनै कागजातमा हस्ताक्षर भएको छैन । तर यी दुई कम्पनी बिच साझेदारी भएमा हुन्डाईले डिजाइन र डेभलपमेन्टमा आफ्नो काम गर्नेछ र टीभीएसले उत्पादन र वितरणको व्यवस्थापन गर्ने सम्भावना छ ।