stcnepal long ad
national life

आजदेखि क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिन सकिने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सार्वजनिक प्राथमिक शेयर (आईपीओ) आज (माघ १५ गते) देखि बिक्री खुला भएको छ ।

इन्स्योरेन्स कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।

इन्स्योरेन्स कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपियाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपियाँ  बराबरको २२ लाख ५० हजार कित्ता  आईपीओ निष्कासन गर्ने अनुमति पाइसकेको छ ।

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपियाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो ।

लगानीकर्ताले माघ २९ गतेसम्म न्यूनतम १० कित्ताका र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । इन्स्योरेन्स कम्पनीको शेयर निष्कासक तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि इक्राएनपी इस्युअर रेटिङ डबल बी प्राप्त गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

gold
kumari bank
kumari
nawakantipur long