stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध हुने निश्चित

Nimb long ad
Prabhu Insurance Long Ad

अस्ट्रेलियाका सांसदहरूले १६ वर्षमुनिका बालबालिकाका लागि फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियमहरू पारित गरेका छन् । विधेयक अस्ति बुधवार संसद्को तल्लो सदनबाट र हिजो बेलुका सिनेटबाट पारित भएको हो ।

अब सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकालाई खाता खोल्नबाट रोक्नको लागि चाँडै उचित कदम चाल्ने अपेक्षा गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

नियम पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिमाना तिर्नुपर्ने बताइएको छ । तर सामाजिक सञ्जाल कम्पनीहरूले यो नियमलाई अस्पष्ट, समस्याग्रस्त र हतारमा भएको निर्णय भएको टिप्पणी गरेका छन् ।

यो प्रतिबन्ध संसारमा सबैभन्दा कडामध्ये एक हो । नियामक कम्पनीले विवरणहरू तयार हुन र प्रतिबन्ध लागू हुन कम्तीमा एक वर्ष लाग्ने बताएका छन् ।

किशोरकिशोरीहरूले मनोरञ्जन, स्कूलको काम वा अरु कारणका लागि आवश्यक पर्ने भन्दै ह्वाट्सएप र युट्युब जस्ता केही कम्पनीलाई सम्भवतः छुट दिइने खबरमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari