citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एनआइएमबि एस क्यापिटलको साधारण सभा पुस ५ गते

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनआइएमबि एस क्यापिटलले २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।मंसिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको १३१औं बैठकले सो निर्णय गरेको हो ।

क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजी ४७ करोडको २५ प्रतिशतले हुन आउने रकम ११ करोड ७५ लाख रुपियाँको नगद लाभांश (कर सहित) वितरण गर्ने भएको हो ।

सोही प्रयोजनका लागि कम्पनीले पुस ५ गते एनआइएमबि एस क्यापिटलको सभाहल लाजिम्पाटमा बिहान साढे ११ बजे बस्ने गरी १२औं साधारणसभा बोलाएको छ ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । साथै, असार मसान्तसम्मको नाफानोक्सान हिासब तथा नगद प्रवाह विवरणउपर छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकम पारित गर्ने लगायतका प्रस्ताव पेश हुनेछन् ।

 

gold
himalayan life insurance long ad