stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद सेयरका लागि मंसिर १८ गते बुक क्लोज गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । पावर कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, मंसिर १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।

धितोपत्र बोर्डले यस कम्पनीलाई १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ ।

कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत सम्भार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ ।

१०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

 

prabhu mahalaxmi
kumari bank
kumari