stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तीन हजारभन्दा बढी भारतीय सिखलाई पाकिस्तानले किन जारी गर्यो भिसा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

नयाँदिल्लीस्थित पाकिस्तान उच्चायोगले नोभेम्बर १४–२३ सम्म हुने गुरु नानक देवको जन्म जयन्ती समारोहमा भाग लिन भारतका तीन हजारभन्दा बढी सिख तीर्थयात्रीलाई भिसा जारी गरेको छ ।

सामाजिक सञ्जाल एक्समा एक पोस्ट साझा गर्दै भारतस्थित पाकिस्तान उच्चायोगले भनेको छ, “नयाँदिल्लीस्थित पाकिस्तान उच्चायोगले सन् २०२४ नोभेम्बर १४–२३ सम्म पाकिस्तानमा आयोजना हुने बाबा गुरु नानक देवजीको जन्म जयन्ती समारोहमा सहभागी हुन भारतका तीन हजारभन्दा बढी सिख तीर्थयात्रीलाई भिसा जारी गरेको छ ।”

अर्को पोस्टमा पाकिस्तानका कार्यवाहक राजदूत साद अहमद वारैचले पनि तीर्थयात्रीहरूलाई सार्थक यात्राका लागि शुभकामना दिनुभयो ।

भारतीय तीर्थयात्रीहरूले पाकिस्तानमा डेरा साहिब, पञ्ज साहिब, ननकाना साहिबको गुरुद्वारा ‘जन्म स्थान’ र गुरु नानकको अन्तिम विश्रामस्थल करतारपुर साहिबको भ्रमण गर्नेछन् ।
गुरुपुरब पनि भनिने गुरु नानक जयन्ती सिख धर्मका पहिलो गुरु, गुरु नानक देवको जन्म जयन्ती मनाइने एक पवित्र चाड हो ।

यो सिख धर्ममा एक महत्वपूर्ण दिन हो । यस दिन १० सिख गुरुमध्ये पहिलो र सिख धर्मका संस्थापक गुरु नानक देवजीको जन्म जयन्तीको स्मरण गरिन्छ । यो उत्सव भक्तिपूर्ण समर्पण, आध्यात्मिक सभाहरू र सिख धर्मको पवित्र धर्मग्रन्थ गुरु ग्रन्थ साहिबका भजनहरूको पाठका लागि प्रसिद्ध छ ।

हरेक वर्ष यो शुभ अवसर कात्तिक महिनाको पूर्णिमाको दिन मनाइन्छ । यसलाई कार्तिक पूर्णिमा पनि भनिन्छ । यस दिन प्रकाश उत्सव पनि मनाइन्छ । गुरु नानक देव बाल्यकालदेखि नै ईश्वरप्रति समर्पित हुनुहुन्थ्यो । आफ्नो सम्पूर्ण जीवन समानता र सहिष्णुताको प्रवर्द्धनमा बिताउने शान्त व्यक्ति थिए ।

उहाँको जन्म सन् १४६९ मा राय भोई दी तलवण्डी गाउँमा भएको थियो । यो हाल पाकिस्तानको लाहोर नजिकै ननकाना साहिबको नामले चिनिन्छ ।

गुरपुरबमा गुरुद्वाराहरूमा दिनभर प्रार्थना गरिन्छ । उत्सवका विभिन्न कार्यक्रमहरू राति ढिलोसम्म जारी रहन्छन् । त्यहाँ भक्तजनहरू लङ्गरमा सहभागी हुन्छन् ।

‘लङ्गर’ भोजनलाई शुभ मानिन्छ र शुभ अवसरहरूमा परम्परागत ‘प्रसाद’ का रूपमा ‘कडा प्रसाद’ वितरण गरिन्छ ।  यस  महत्त्त्वपूर्ण दिनमा धेरै मानिस ‘सेवा’ मा सहभागी हुन्छन् र भोजन प्रदान गर्छन् ।

prabhu mahalaxmi
kumari