citizens life insurance long ad
stcnepal long ad

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न जापानको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

इजरायलले लेबनानमा हेजबुल्लाह बिरुद्ध आक्रमण बढाएपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।

जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडानहरू तयार गर्ने निर्णय गरेको सरकारले शुक्रबार जनाएको छ । इजरायली बम विष्फोटले यस हप्ता लेबनानमा सयौं मानिसहरूको ज्यान लिएको छ भने दुई देशबीच द्वन्द्व चर्किरहेको छ ।

‘हामीले हाल लेबनानमा बसोबास गर्ने जापानी नागरिकको सुरक्षा अवस्था बुझिरहेका छौँ, साथै उनीहरूलाई नियमित व्यावसायिक उडानहरू सञ्चालनमा रहँदा देश छोड्न आग्रह गरिरहेका छौं,” मुख्य क्याबिनेट सचिव योशिमासा हयासीले भने ।

यससँगै रक्षा मन्त्रालयले जापानी नागरिकहरूलाई क्षेत्रबाट बाहिर निकाल्न आवश्यक भएमा वायु सेनाका विमानहरूलाई जोर्डन र ग्रीस जानका लागि तयार रहन आदेश दिइएको बताएको छ । ‘टोकियो इजरायल र हेजबुल्लाहबिच तनाव बढेकोमा निकै चिन्तित छ,’ जापानका विदेशमन्त्री योको कामिकावाले भनेकी थिइन् ।

‘जापानले सबै पक्षहरूलाई थप तनावबाट बच्न अत्यधिक संयम अपनाउन दृढतापूर्वक आग्रह गर्दछ,’ उनले भनिन् । इजरायलले लेबनानमा २१ दिने युद्धविरामका लागि सहयोगीहरूको दबाबलाई अस्वीकार गरेको छ र हेजबुल्लाह लडाकुहरूसँग लडाइँ जारी राख्ने वाचा गरेको छ ।

IME Life
kumari