कुमारी बैंकको २६ औं वार्षिक साधारण सभा आज असोज २८ गते
काठमाडौं । कुमारी बैंक लिमिटेडकाे २६ औं वार्षिक साधारण सभा आज असाेज २८ गते बोलाएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको करसहित २.१० प्रतिशतका दरले ५५ करोड २१ लाख ३३ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
यस्तै, साधारण सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्युरिटीजको वित्तीय विवरण सहित बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ ।
साधारण सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साधारण सभा बिहान ११ बजे काठमाडौंस्थित सिल्भरओक ब्याङ्क्वेटमा सुरु हुने बैकले जनाएको छ ।




















