stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

इरानद्वारा नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

लामो समयदेखि पश्चिमा देशहरूको आलोचना खेप्दै आएको ‘एयरोस्पेस” कार्यक्रमका लागि इरानले नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको छ ।

चाम्रन–१ अनुसन्धान उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरेको इरानको राष्ट्रिय टेलिभिजनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । रक्षा मन्त्रालयसँग सम्बद्ध इरानी विद्युतीय उद्योगले यो उपकरणको डिजाइन तथा निर्माण गरेको हो ।

अमेरिकालगायत पश्चिमा सरकारहरूले यही प्रविधि ब्यालिस्टिक क्षेप्यास्त्रका लागि प्रयोग गर्न सकिने भन्दै इरानलाई यस्ता प्रक्षेपणविरुद्ध बारम्बार चेतावनी दिँदै आएका छन् ।

इरानले आणविक अस्त्रको खोजी नगरेको र आफ्नो स्याटेलाइट र रकेट प्रक्षेपण नागरिक वा प्रतिरक्षा प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ ।

इरानले वर्षौंदेखि आफ्नो अन्तरिक्ष गतिविधिलाई शान्तिपूर्ण र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रस्तावअनुसार रहेको बताउँदै आएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long