stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

फ्रान्सको प्रधानमन्त्रीमा मिसेल बार्नियर मनोनीत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँनले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गर्नुभएको छ ।

फ्रान्समा गएको जुलाईमा भएको चुनावबाट सरकार गठनका लागि कुनै पनि दललाई बहुमत प्राप्त हुन सकेको थिएन ।

युरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमन अर्थात् (ब्रेक्जिट) का लागि प्रमुख वार्ताकारका रूपमा काम गरेका ७३ वर्षीय बार्नियरलाई सबैलाई मिलाएर लैजान सक्ने नेताका रूपमा विश्वास सहित राष्ट्रपति म्याक्रोँनले मनोनीत गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

बार्नियर दक्षिणपन्थी रिपबल्किन्स पार्टीका वरिष्ठ नेता हुनुहुन्छ । उहाँले फ्रान्स र ईयू दुवै ठाउँमा वरिष्ठ पदमा रहेर काम गरिसक्नुभएको छ ।

गएको जुलाई १६ तारिखमा म्याक्रोँनले तत्कालीन प्रधानमन्त्री ग्याब्रियल अट्टलको राजीनामा स्वीकृत गर्नुभएको थियो ।

prabhu mahalaxmi
kumari