डब्ल्यूएचओले भन्यो – ‘हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भटियो’
(from L to R)-: Dr. Maria D Van Kerkhove, Head AI Emerging Diseases and Zoonoses Unit, World Health Organization (WHO) Director-General Tedros Adhanom Ghebreyesus, Professor Didier Houssin, Chair of the Emergency Committee, and WHO health emergencies programme Michael Ryan sit together for a press conference following an emergency committee meeting over new SARS-like virus spreading in China and other nations, in Geneva on January 22, 2020. - The coronavirus has sparked alarm because of its similarity to the outbreak of SARS (Severe Acute Respiratory Syndrome) that killed nearly 650 people across mainland China and Hong Kong in 2002-03. (Photo by PIERRE ALBOUY / AFP) (Photo by PIERRE ALBOUY/AFP via Getty Images)
एजेन्सी । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई स्वीकार गरेको छ ।
यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै मापदण्ड परिवर्तन गर्न सुझाव दिएका थिए ।
क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले स्वास फेर्दा ऊ संक्रमित हुनसक्ने प्रमाण प्रस्तुत गरेका थिए ।
डब्ल्यूएचओमा कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित प्राविधिक प्रमुख मारिया वान केरखोवले कोरोना भाइरस हावाबाट फैलिएको आशंकाबारे आफूहरुले छलफल गरिरहेको जानकारी दिए ।
यसैगरी डब्ल्यूएचओका बेनेदेत्ता आल्लेग्रान्जीले भने, ‘खासगरी भिडभाड भएको सार्वजनिक स्थानमा, हावा आवत–जावत नगर्ने बन्द स्थानमा हावाबाट भाइरस फैलिने आशंकालाई इन्कार गर्न सकिँदैन ।
हामी यी प्रमाणहरुलाई एकत्रित गरेर अनुसन्धान गर्ने काम जारी राख्छौं ।’
हाल विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२ (कोरोना) भाइरस मुख्यरुपमा संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट सर्ने बताउँदै आएको छ । त्यसैले डब्ल्यूएचओले एक–अर्काबीच कम्तिमा ३–३ फुटको दुरीमा रहन र मास्क लगाउन सुझाव दिँदै आएको छ ।
यदि हावाको माध्यमबाट कोरोना संक्रमण फैलिने कुरा औपचारिक रुपमा पुष्टि भएमा व्यक्तिगत दुरीको नियम परिवर्तन गर्नुपर्ने हुन्छ । वान केरखोवले यसबारे डब्ल्यूएचओले छिट्टै जानकारी दिने बताए ।





























