citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नासाको ‘सुपरसोनिक एक्सु विमान पहिलो परीक्षण उडानको लागि तयार

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

अमेरिकी अन्तरिक्ष निकाय (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ ।

नासाका स्वतन्त्र विशेषज्ञ मिलेर बनेको उडान तयारी समीक्षा बोर्ड र एक्स–५९ परियोजना टोलीले उडानस्थल र परीक्षणको क्रममा मानवीय सुरक्षाको दृष्टिकोणबाट आवश्यक सम्पूर्ण अध्ययन पूरा गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

समीक्षा बोर्डले सुरक्षा र जोखिम पहिचानमा ध्यान केन्द्रित गर्दै सम्भावित खतराको परियोजना टोलीको विश्लेषणलाई विस्तृत रूपमा हेरेको नासाले जनाएको छ ।

यो विमान नासाको ‘क्वेस्ट मिशन’ को केन्द्रमा रहेको छ र यसलाई हवाई यात्रामा व्यापक सुधारसहित तथ्याङ्क संकलन गर्न प्रयोग गर्नेछ ।

यसले आवाजको गतिभन्दा छिटो यात्रा गर्न सक्ने व्यावसायिक विमानको नयाँ पुस्ताको लागि मार्ग प्रशस्त गर्नेछ ।

himalayan life insurance
igi long