stcnepal long ad
nabil bank
macchha(MBL)

प्यालेस्टिनको संयुक्त राष्ट्रसंघको पूर्ण सदस्यतालाई समर्थन गर्छौं : चिनियाँ राष्ट्रपति

Nimb long ad
Prabhu Insurance Long Ad

चीनका राष्ट्रपति सी जिनपिङले सबै पक्षसँग गाजा पट्टीमा तत्काल, व्यापक र स्थायी युद्धविरामका लागि काम गर्न आह्वान गरेका छन् ।

उनले मध्यपूर्वमा स्थायी शान्ति प्राप्त गर्नका लागि संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टिनलाई पूर्ण सदस्यता दिन, प्यालेस्टिनको वैध राष्ट्रिय अधिकार पुनःस्थापना गर्न तथा दुई–राज्य पुनः सुरु गर्न चीनले समर्थन गरेको बताए ।

पेरिसमा आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मलेनमा उनले भने, “यो लामो त्रासदी मानव विवेकको परीक्षा हो, अन्तर्राष्ट्रिय समुदायले कदम चाल्नुपर्छ ।”

युक्रेन सङ्कटबारे राष्ट्रपति सीले धेरै पटक चीनले सङ्कटका बारेमा आफ्नो अडान राखिसकेको बताए। “चीनले युक्रेन सङ्कट सुरु गरेको होइन, न त यो त्यसको पक्ष वा सहभागी हो, दर्शक बन्नुको सट्टा हामीले शान्तिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छौँ”, उनले भने ।

“चीन युक्रेन सङ्कटलाई बलिको बोका बनाउने, तेस्रो मुलुकलाई बदनाम गर्ने वा नयाँ शीत युद्धका लागि प्रयोग गर्ने प्रयासको विरोध गर्दछ”, उनले भने, “हामी उचित समयमा एउटा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना गर्न समर्थन गर्छौं जुन रुस र युक्रेन दुवैबाट मान्यताप्राप्त छ र सबै पक्षको समान सहभागिता तथा सबै शान्ति योजनाहरूम निष्पष छलफल सुनिश्चित गर्दछ, हामी युरोपमा सन्तुलित, प्रभावकारी र दिगो सुरक्षा संरचनालाई समर्थन गर्दछौँ ।”

prabhu mahalaxmi
kumari