stcnepal long ad
nabil bank
macchha(MBL)

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

Nimb long ad
Prabhu Insurance Long Ad

युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका लागि रूसद्वारा समन्वित षड्यन्त्रमा संलग्न दुई युक्रेनी सुरक्षा अधिकारीलाई हिरासतमा लिइएको बताएको छ ।

किएभका अनुसार युक्रेनी नेतालाई रूसले धेरै अवसरमा निशाना बनाएको छ । यसमा सन् २०२२ फेब्रुअरीमा रुसी आक्रमणको सुरुवात पनि समावेश छ ।

युक्रेनको सुरक्षा सेवाले रूसको सङ्घीय सुरक्षा सेवाद्वारा सञ्चालित एजेन्टहरूको एउटा नेटवर्कलाई पर्दाफास गरेको एक विज्ञप्तिमा लेखेको छ । उक्त नेटवर्कको उद्देश्य जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी राजनीतिक तथा सैन्य अधिकारीहरूको हत्या गर्नु रहेको थियो ।

“मस्कोबाट एफएसबीमार्फत गतिविधिहरूको निगरानी गरिएको नेटवर्कमा राज्य सुरक्षा विभागका दुई कर्नल  संलग्न थिए, उनीहरूले  रूसलाई  गोप्य जानकारी चुहाइरहेका थिए”, एसबियुले भनेको छ ।

युक्रेनी नेतालाई बन्धक बनाएर हत्या गर्न सक्ने जेलेन्स्कीको सुरक्षा विस्तारका निकट व्यक्तिहरूको पहिचान गर्न रूसले काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

जेलेन्स्कीको हत्या गर्ने रूसी षड्यन्त्रमा सहयोग गरेको आशङ्कामा एक जनालाई हिरासतमा लिइएको पोलिस र युक्रेनी अभियोजकहरूले गत महिना घोषणा गरेका थिए ।

त्यस्तै किएभ बाहिर जेलेन्सीको गतिविधिको विवरण उजागर गरी हत्या गर्ने योजना बनाएको आरोपमा एक महिलालाई पक्राउ गरिएको एसबियुले गत अगस्टमा बताएको थियो ।

prabhu mahalaxmi
kumari