sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काबुल । अफगानिस्तानले देशमा चलिरहेको मानवीय संकटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको छ ।

उक्त सहयोग आर्थिक संकटकसँग जुध्न, जीविकोपार्जन परियोजना प्रदान गर्न, अफगान महिलाहरुलाई सहयोग गर्न, जलवायु परिवर्तनलाई सम्बोधन गर्न तथा आप्रवासीहरुलाई सहयोग गर्न प्रयोग गरिने विश्व बैंकले जनाएको छ ।

परियोजना सन् २०२२ मा ग्रामीण र सहरी क्षेत्रमा आजीविका सहयोग र सेवाहरु प्रदान गर्न, महिला र सबैभन्दा कमजोरका लागि सामाजिक अनुदानलाई समर्थन गर्न र समावेशी सेवा वितरणका लागि सामुदायिक संस्थाहरुलाई सुदृढ पार्न एआरटीएफबाट २६ करोड ५० लाख डलरको अनुदानका साथ सुरु भएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ मन्त्रालयले विश्व बैंकको सहयोगलाई स्वागत गर्दै आर्थिक विस्तार र परियोजना संशोधनहरुलाई सहयोग गर्न सक्ने बताएको छ, जसको परिणामस्वरुप देशको रोजगारी सिर्जनामा योगदान पु्ग्नेछ ।

परियोजनाको कार्यान्वयनले रोजगारी सिर्जना गर्न, सहरी र ग्रामीण क्षेत्रमा सेवा वितरणमा सुधार ल्याउन तथा आप्रवासीे समस्यालाई सम्बोधन गर्न सक्ने तालिबानी अर्थ मन्त्रालयका प्रवक्ता अब्दुल रहमान हबीबले बताए ।

यसैबीच, काबुलका नागरिकहरुले हालको परिस्थितिलाई ध्यानमा राख्दै अझ बढी सहयोग आवश्यक रहेको बताउदै यसलाई खुल्लारुपममा दिनुपर्ने माग राखेको टोलो न्यूजले जनाएको छ ।

अफगानीस्तानमा मानिसहरु गरिब तथा निराश्रित भई महिनामा तीन दिन मात्र काम पाउने अवस्थामा छन् । काबुलका बासिन्दा उमर अलीले आफ्नो घरमा दस जना आश्रित भएको तथा डेढ वर्षदेखि भाडाका लागि ऋणमा डुबेको बताए ।

तालिबानले अफगानिस्तानमा अधिकार पुनः प्राप्त गरेपछि विश्व बैंकसहित अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरुले अफगानिस्तानमा काम गर्न छोडेका छन् । यी संस्थाहरुको पुनः सञ्चालनले अफगान अर्थतन्त्रलाई बढावा दिने अनुमान गरिएको छ ।

 

gold
kumari bank
nawakantipur long