stcnepal long ad
global ime bank long

चीनले सबै विद्यालयमा दुर्व्यवहार विरुद्ध अभियान शुरु गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

चीनले राष्ट्रव्यापी रुपमा विद्यालयमा दुर्व्यवहारविरुद्ध अभियान शुरु गर्ने भएको छ । त्यहाँका प्राथमिक, माध्यमिक विद्यालय र किन्डरगार्टेनहरूमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विभिन्न प्रयास भइरहेकामा अब दुर्व्यवहार विरोधी अभियान शुरु गरिने चिनियाँ अधिकारीहरूले बताएका छन् ।

शिक्षा तथा सार्वजनिक सुरक्षा मन्त्रालयका साथै अग्नि तथा उद्धार प्रशासनको संयुक्त बैठकले सबै प्राथमिक र माध्यमिक विद्यालयमा दुर्व्यवहारका घटनामा केन्द्रित भएर शुरुमा बृहत् अनुसन्धान गरिने जनाएको छ ।

बैठकले जवाफदेहिता प्रणालीमा सुधारका लागि पहल गर्नुका साथै कानूनको शासनबारे शिक्षक, विद्यार्थी र अभिभावकलाई सचेत गराउनु पर्नेमा जोड दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बैठकले विद्यार्थीको मानसिक स्वास्थ्य अनुगमनमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको खबरमा उल्लेख छ ।

यस्तै बैठकले बालबालिकालाई अनिवार्य शिक्षामा गृहकार्य र विद्यालय बाहिरको ट्युसन कक्षाको बोझलाई कम गर्न ठोस कदम चाल्न आह्वान गरेको छ ।

विशेषगरी ग्रामीण तथा आवासीय विद्यालयमा विद्यालय भवनको सुरक्षा, आगलागी रोकथाम र खाद्य सुरक्षालाई सुनिश्चित गर्नका लागि आवश्यक कदम चाल्ने गरी सुरक्षा उपायहरू सुधार गर्न प्रयास गरिने बैठकले जनाएको छ ।

IME Lifesidebar
kumari