stcnepal long ad
ime life insurance
global ime bank long

मुलुकमा उत्पादन भएको प्रशोधित पानी जापान, भारत लगायतका देशमा जाने

पानी निर्यात थोरै आयात धेरै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । मुलुकमा उत्पादन भएको प्रशोधित पानी जापान, भारत लगायतका देशमा जाने गरेको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ३६ लाख ११ हजार रुपियाँ बराबरको ३१ हजार ५५४ लिटर पानी निर्यात भएको हो ।

गत वर्ष सो अवधिमा २३ लाख आठ हजार रुपियाँ बराबरको एक हजार ३९६ लिटर निर्यात भएको थियो ।

चालु आवको नौ महिनामा मुलुकमा उत्पादन भएको १५ लाख २१ हजार रुपियाँको १२ हजार ९६६ लिटर पानी भारत निर्यात भएको छ । यस्तै २० लाख ९० हजार रुपियाँ बराबरको १८ लाख ५८८ लिटर पानी जापान निर्यात भएको केन्द्रको तथ्याङ्क छ ।

भन्सार विभागका अनुसार आव २०७८/७९ मा नेपालले १८ हजार चार सय तीन लिटर पानी निर्यात गरेको थियो । जसबाट नेपालले २५ लाख ४४ हजार आम्दानी गरेको थियो ।

स्वदेशी पानी निर्यात बढाएर विदेशी मुद्रा भित्र्याउने प्रशस्त सम्भावना भए पनि ठुलो परिमाणमा निर्यात हुन सकेको छैन । मुलुकमा उत्पादन भएको पानी अन्य देशमा निर्यात गर्न सकिने भए पनि निर्यात भने न्यून परिमाणमा जाने गरेको छ ।

नेपालबाट तीन प्रकृतिका खानेपानी विदेश निर्यात हुने गरेको छ । मिनरल वाटर, हिउँ पग्लिएको पानी र सुगर एडेड वाटर गरी तीन प्रकारका पानी विदेश निर्यात हुने गरेको हो । हाल नेपालबाट सबैभन्दा धेरै रसुवा र नेपाल स्प्रिङ ब्रान्डको पानी निर्यात हुँदै आइरहेको छ ।

हाल रसुवा जिल्लाको धुन्चेमा कारखाना खोलेर रसुवा ब्रान्डको पानी विदेश निर्यात भइरहेको छ । नेपाल सरकारले पानी उत्पादन सम्बन्धित कानुन नबनाउँदा निर्यातमा समस्या उत्पन्न भइरहेको छ ।

सरकारले पानी उत्पादनको मापदण्ड नबनाउँदा विदेशी आयातकर्ताले मागेको गुणस्तरको प्रमाणपत्र देखाउन मुस्किल भइरहेको उत्पादकको भनाइ छ ।

मुलुकबाट न्यून परिमाणमा पानी निर्यात भए पनि बाहिरी मुलुकबाट भने ठुलो परिमाणमा पानी आयात हुने गरेको छ । विशेष गरी पाँचतारे होटलसँगै अस्तपालमा प्रयोग गर्न उच्च गुणस्तरको आयात गरिएको पानी प्रयोग गर्ने गरिएको छ ।

विभागको तथ्याङ्क अनुसार चालु आवको नौ महिनामा १५ करोड ४८ लाख ४० हजार रुपियाँ बराबरको मिनरल वाटर आयात भएको छ ।

चीन, मलेसिया, फिलिपिन्स, युएई, भारत, फ्रान्स, बेलायत, थाइल्यान्ड र अमेरिकाबाट पानी आयात हुने गरेको छ । नेपालमा निर्यात कम भए पनि प्रत्येक वर्ष बाहिरी मुलुकबाट पानीको आयात भने धेरै हुने गरेको छ ।

prabhu mahalaxmi
kumari