विश्व बैंकलाई नयाँ वित्तीय साधनका लागि ११ अर्ब अमेरिकी डलर अनुमोदन
World Bank on glass building. Mirrored sky and city modern facade. Global capital, business, finance, economy, banking and money concept 3D rendering animation.
वासिङ्टन । विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरुको सम्बोधन गर्ने उद्देश्यले नयाँ वित्तीय साधनहरुका लागि ११ अर्ब अमेरिकी डलरको अनुमोदन प्राप्त गरेको छ ।
एघार देशले पोर्टफोलियो ग्यारेन्टी प्लेटफर्म, हाइब्रिड क्यापिटल संयन्त्र र नयाँ कोषका लागि कूल ११ अर्ब अमेरिकी डलरको प्रतिबद्धता घोषणा गरेको बैंकद्वारा जारीे विज्ञप्तिमा जनाइएको छ ।
विश्व बैंक समूहको लिभरेजिङ क्षमताले प्रदान गरिएका स्रोतहरुमा १० वर्षमा ६ देखि आठ गुणा गर्न अनुमति दिन्छ र प्रतिज्ञा गरिएको स्रोतहरुमा निश्चित परिस्थितिमा यो १० गुणासम्म पुग्न सक्छ ।
यी प्रतिज्ञा गरिएका स्रोतहरुले सीमापार चुनौतीहरुको सामना गर्न र विकास लक्ष्यहरुलाई अगाडि बढाउन तत्काल कोषमा ७० अर्ब डलरसम्म उपलब्ध गराउन सक्छ ।
“हामीले यी नयाँ वित्तीय साधनहरु विकास गर्न कडा परिश्रम गरेकाले हाम्रो उधारो क्षमतालाई बढावा दिन्छ, दाता कोषलाई बढाउँछ र अन्ततः हामीलाई धेरै मानिसको जीवनमा सुधार गर्न अनुमति दिन्छ”, विश्व बैंक समूहका अध्यक्ष अजय बंगाले भने, “यी मुलुकका उदारता हामीेले बैंक सुधार गर्न गरेको प्रगतिको समर्थन हो र विश्वव्यापीरुपमा विकासका लागि उनीहरुको साझा प्रतिबद्धताको संकेत पनि हो ।
”बेल्जियम, फ्रान्स, जापान, अमेरिकालगायत ११ मुलुकले पोर्टफोलियो ग्यारेन्टी प्लेटफर्ममा प्रतिज्ञा गरेका छन् भने डेनमार्क, जर्मनी, इटाली, लाटभिया, नेदरल्यान्ड्स, नर्वे र बेलायतले हाइब्रिड पुँजीका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।
जापानले नयाँ लिभेवल प्लानेट फन्डमा प्रारम्भिक योगदान गर्नका लागि प्रतिबद्धता जनाएको छ । मुलुकहरुको आपसी योगदानले पर्यावरणीय चुनौतीहरुको सामनामा अन्तर्राष्ट्रिय सहयोगको महत्त्वमाथि प्रष्ट पार्दछ ।एएनआई
























