citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

डिशहोमको खुसीको रिचार्ज अफर, जति पैसाको रिचार्ज उति नै बोनस

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । डिसहोमले ग्राहकका लागि ‘खुसीको रिचार्ज’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्‍यो उति नै पैसा बोनस प्राप्त गर्नेछन् ।

ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।

३६५ दिनदेखि रिचार्ज नगरेको गाहकलाई लक्षित गरी यो योजना ल्याइएको कम्पनीले जनाएको छ । यदि ग्राहकले ४०० रुपैयाँको रिचार्ज गर्दा ४००, २ हजार रुपैयाँको रिचार्ज गरेमा २ हजार नै बोनस प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि मात्र लागु हुनेछ ।

यस्तै नियमित रिचार्ज गरिरहेका ग्राहकले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिसहोम हेर्ने मौका पाउने कम्पनीले बताएको छ ।

डिसहोम डीटीएचका नियमित ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

himalayan life insurance
igi long