stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

थाइल्याण्डसँग सीमा जोडिएको ‘म्यावड्डी शहर’ म्यानमारको विद्रोही सेनाको कब्जामा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

म्यानमारको विद्रोही सेनाले थाइल्याण्डसँग सिमाना जोडिएको ‘म्यावड्डी शहर’ कब्जा गरेको छ । ‘म्यावड्डी सहर’ को सुरक्षामा खटिएको सेनाले विद्रोही समूहसमक्ष आत्मसमर्पण गरेका बीबीसीले जनाएको छ ।

तीन वर्षअघि म्यानमारको सत्ता कब्जा गरेको सैन्य शासकका लागि यो अर्को ठूलो हार हो । केही महिनाअघि चीनको सीमा नजिकको शान राज्य र बंगलादेशको सीमा नजिकको रखाइन राज्यका धेरैजसो ठाउँ पनि विद्रोही सेनाले कब्जा गरेको थियो ।

थाइल्याण्डसँग म्यानमारको धेरैजसो स्थल व्यापार ‘म्यावड्डी सहर’ बाट हुने भएकोले पछिल्लो हार सेनाका लागि ठूलो धक्का रहेको बीबीसीले जनाएको छ । म्यानमारको क्यारन विद्रोही सेनाले सैन्य कु को विरोधमा लडाइँ गरिरहेको छ ।

prabhu mahalaxmi
kumari