stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

चीनको मध्यस्थतापछि पाकिस्तान र इरान राजदूत पुनर्बहाली गर्न सहमति

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

इस्लामाबाद । पाकिस्तान र इरानबिच राजदूत पुनर्बहालीका विषयमा सहमति भएको छ । पाकिस्तानको विदेश मन्त्रालयले सोमबार सो जानकारी दिएको हो ।

गत हप्ता इरानले पाकिस्तानी भूभागमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । यसपछि पाकिस्तानले जवाफी कारबाही गर्दै इरानी भूमिमा मिसाइल हमला गरेको थियो । जसका कारण दुई देशबिचको सम्बन्धमा तनाव बढेको देखिएको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार, विदेश मन्त्रालयले एक विज्ञप्तिमा इरानका विदेश मन्त्री हुसेन अमिर अब्दुल्लाहियानले पाकिस्तानी समकक्ष जलील अब्बास जिलानीको निमन्त्रणामा जनवरी २९ मा पाकिस्तानको भ्रमण गर्ने बताएको छ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा इरानले आक्रमण गरेपछि तनाव उत्पन्न भएको हो । इरानले पाकिस्तानको चरमपन्थी संगठन जैश अल(अदलको अड्डाहरूमा यी आक्रमणहरू गरेको बताएको छ।

यसपछि पाकिस्तानले इरानको सिस्तान बलुचिस्तान क्षेत्रमा आक्रमण गरेको थियो । यस आक्रमणमा नौ जनाको मृत्यु भएको थियो ।

विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्रीहरूबिच भएको फोन वार्तापछि दुवै पक्षले एकअर्काका देशका राजदूतहरूलाई पुनर्बहाली गर्ने निर्णय गरेका छन्।’

चीनका उपविदेशमन्त्री सुन वेइडोङ मध्यस्थताका लागि पाकिस्तान गएका बेला यो घटनाक्रम भएको हो । चीनले सोमबार इरान र पाकिस्तानसँग आफ्नो मतभेद समाधान गर्न सम्पर्कमा रहेको बताएको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari