stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्रेटिक पार्टी विजयी

Nimb long ad
Prabhu Insurance Long Ad

भुटानको हिमाली राज्यमा भएको निर्वाचनमा पिपुल्स डेमोक्रेटिक पार्टी विजयी भएको छ । पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टीले संसदमा झण्डै दुई तिहाइ सिट जितेको हो ।

भुटान ब्रोडकास्टिङ सर्भिसको रिपोर्ट अनुसार, गरेको पीडीपीले ४७ नेशनल एसेम्बली सिटमध्ये ३० सिट जितेको छ । त्यस्तै प्रतिस्पर्धी भुटान टेन्ड्रेल पार्टीले १७ सिट जितेको छ ।

सन् २००८ मा परम्परागत राजतन्त्रबाट संसदीय सरकारमा परिणत भएपछि भुटानमा यो चौथो आम निर्वाचन हो ।

भुटानको निर्वाचन आयोगले बुधबार अन्तिम घोषणा गर्ने अपेक्षा गरिएको छ । देशले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को सट्टा ‘कुल राष्ट्रिय खुशी’ सूचकाङ्कको प्रयोग गरे पनि चुनावी अभियानहरूले आर्थिक वृद्धि र अवसरमा केन्द्रित रहेका थिए ।

निर्वाचनमा दुवै दल ‘जनताको सुख र हित’ द्वारा आफ्नो सफलता मापन गर्ने संवैधानिक रूपमा स्थापित सरकारको दर्शनप्रति प्रतिबद्ध रहेका बताएका थिए ।

५८ वर्षीय तोब्गे दोस्रो पटक प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ । वर्तमान राजाको शासन सुरु भएलगत्तै सन् २००८ मा स्थापना भएको भुटानको पहिलो संसदमा उनी विपक्षी नेता थिए ।

prabhu mahalaxmi
kumari