stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रपतिमा पुनः जिताउन ट्रम्पले चीनको सहयोग मागेको दाबी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आरोप लगाएका छन् ।

बोल्टनले आफूले प्रकाशन गर्न लागेको संस्मरणात्मक पुस्तकमा ह्वाउट हाउसमा राष्ट्रपति ट्रम्पसँग भएका अन्तरंग कुराकानी र विमती समेतका विविध गतिविधिका बारेमा लेखिएको छ । उक्त पुस्तकको केही अंश अमेरिकी अखबारहरुमा प्रकाशन भएका छन् ।

पुस्तकमा राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश नीतिलाई सन् २०२० को राष्ट्रपतीय चुनावमा आफू विजयी हुनेतर्फ लक्षित गरेको जिकिर गरिएको छ ।

अमेरिकी अखबार दी वासिङ्टन पोस्ट, न्यूयोर्क टाइम्स र वालस्ट्रिट जर्नलमा प्रकाशित पुस्तकको अंशमा बोल्टनले चिनियाँ मानव अधिकार दुव्र्यवहारका घटनालाई ट्रम्पले पटकपटक बेवास्ता गरेको आरोप लगाएका छन् ।

बोल्टनले भनेका छन्, “मेरो ह्वाइट हाउसको कार्यकालको अवधिमा ट्रम्पका निर्णय प्रक्रियाहरु सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा बढी केन्द्रित हुने गरेका थिए, र त्यसका लागि ममाथि दबाब थियो ।” गत डिसेम्बरमा राष्ट्रपति ट्रम्पमाथि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार जो बाइडेनमाथि युक्रेनको सहयोग लिएर हिलो छ्याप्न खोजेको भन्दै अमेरिकी संसदमा महाभियोग समेत दर्ता भएको थियो ।

गत जुनमा चिनियाँ राष्ट्रपति सीसँगको एउटा महत्वपूर्ण बैठकमा ट्रम्पले चीन–अमेरिका आर्थिक साझेदारीको विषयमा आफ्नो निर्वाचनले धेरै फरक पार्ने भन्दै चुनावमा सीको समर्थन लिन खोजेको बोल्टनले दाबी गरेका छन् ।

बोल्टनले राष्ट्रपति ट्रम्पले अमेरिकी किसानको औचित्य र महत्वमाथि जोड दिँदै चीनबाट सोयाबिन र गहुँको खरिदले अमेरिकी मतदातामा सकारात्मक असर पार्ने सोचेकाे बताए ।

बोल्टनले भनेका छन्, “म ट्रम्पका हरेक शब्द छाप्न सक्थें तर सरकारको पूर्व प्रकाशन पुनरावलोकन प्रक्रियाले मलाई सम्पूर्ण कुरा बाहिर ल्याउन कठिन बनाएको छ ।”

ट्रम्प प्रशासनका तर्फबाट अमेरिकी न्याय विभागले बोल्टनको पुस्तकको तत्काल प्रकाशन रोक्ने उद्देश्यले अदालतमा मुद्दा दायर गरेको छ । विभागले बोल्टनको पुस्तक अमेरिकी सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने दाबी गरेको छ । रासस

IME Lifesidebar
kumari