stcnepal long ad
ime life insurance
national life
global ime bank long

बीमक संघद्वारा मोटर बीमा छुट दिने मापदण्ड लागूगर्ने निर्णय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बीमक संघले बीमा समितिको निर्देशन बमोजिम मोटर बीमामा छुट दिन मापदण्ड लागू गर्ने निर्णय गरेको छ । यस्तो निर्णयसँगै सबै कम्पनीले समान रुपमा छुट हिसाब गर्नेछन् ।

बीमा समितिले दिएको निर्देशन बमोजिमको छुट पाउँदा सेवाग्राहीको सजिलोको लागि यस्तो मापदण्ड लागू गरिएको हो ।

बीमक संघको गत सोमबार बसेको बैठकले मोटर बीमामा छुट दिँदा सबै कम्पनीहरुका बीचमा एक रुपता कायम गर्न यस्तो निर्णय गरिएको संघका सचिव तथा प्रबक्ता चंकी क्षेत्रीले बताए ।

संघले कूल ८३ दिन अवधीको मोटर बीमा शुल्कमा दुई तिहाई बीमा शुल्क छुट दिने प्रक्रियामा एक रुपता ल्याउन यस्तो निर्णय गरिएको हो । बीमक संघले लकडाउन अवधीमा ल्याप्स भाएको पोलिसी सुरु देखि नै नविकरण नगरी खुलेको मितिमा नविकरण गर्न चाहेमा आगामी वर्ष ८३ दिन बराबरको छुट दिने संघले आफ्नो मापदण्डमा समावेश गरेको छ ।

ल्याप्स भएको बीमा पोलिसी यस वर्षमै बीमा पुरानै मितिमा नविकरण गर्दा दोेहोरो शुल्कको दवाव सेवाग्राहीलाई नपरोस भन्ने उद्देश्यले यस्तो छुट दिने निर्णय गरिएको हो । संघका अनुसार सबै मोटर बीमामा १५.१६ प्रतिशत छुट दिने निर्णय भएको छ ।

बीमक संघका एक सदस्यले भने, ‘स्टाण्डर्ड अपरेशन प्रोस्युडुअर’ बनाएर लागूगर्ने निर्णय भएको बताए । साथै उक्त एसओपीको सुक्ष्म अनुगमन गर्नुपर्ने समेत बताएका छन् ।

बीमा कम्पनीहरुले उल्लेखित भन्दा बढि छुट दिएर अस्वस्थ प्रतिस्पर्धा चल्न सक्ने भन्दै संघले बनाएको मापदण्डको सुक्ष्म अनुगमन हुनुपर्ने बताएका हुन् ।

IME Lifesidebar
kumari