नेपालमा थपिए एकैपटक ६७१ कोरोना संक्रमित
काठमाडौं । मुलुकमा थप ६ सय ७१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ६ सय ७१ जना संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या ७ हजार ८ सय ४८ पुगेको छ । यसअघि हिजो सबैभन्दा बढी ५ सय ८६ जनामा संक्रमण पाइएको थियो ।
मन्त्रालयका अनुसार विराटनगर प्रयोगशालामा झापाका २ जना, मोरङका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सेती प्रादेशिक अस्पतालमा अछामका २ जना, बझाङका २ जना, कञ्चनपुरका २ जना, कैलालीका २० जना, डोटीका ५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, भेरी अञ्चल अस्पताल प्रयोगशालामा बाँकेका ३ जना, बर्दियाका ३ जना, कैलालीका १ जना, दैलेखका १ जना संक्रमण पुष्टि भएको छ । रुपन्देही अस्पतालको परीक्षणमा गुल्मीका ३ जना, कपिलवस्तुका १ जना, पाल्पाका ६ जना रुपन्देहीका ९ जना, रोल्पाका १ जना, नवलपरासीका १, अर्घाखाँचीका ९७ जना जनामा संक्रमण देखिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ४ जनामा नयाँ संक्रमित थपिएका छन् । यस्तै, जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछाम ४२ जना, बैतडीका २५ जना, बाजुराका ४१ जना, भक्तपुरका ३ जना, डडेल्धुराका ८४ जना, कैलालीका २१ जना, कपिलवस्तुका १६ जना, काठमाडौंका २ जना, नुवाकोटका २ जना, रौतहटका ३४ जना, रुपन्देहीका ३ जना, सर्लाहीका २ जना, सिन्धुपाल्चोकका १, ललितपुरका १जना, नवलपरासी १ जना र महोत्तरीका १ जनामा संक्रमण पुष्टि भएको छ ।
धुलिखेल अस्पतालमा धनुषाका २९ जना, बागलुङका १ जना, मनाङका १, नवलपरासी पूर्वका ३०, स्याङजाका ९ जना, पर्वतका ४ जना, तनहुँका १५ जना, गोरखाका ११ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, सुर्खेत प्रयोगशालामा दैलेखका ८६ जना, सुर्खेतका ३४ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पतालमा सिन्धुलीका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, भरतपुर अस्पतालमा भएको परीक्षणमा पर्वतका ५ जना, नवलपरासी पूर्वका १ जना, चितवनका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, हालसम्म १ लाख १६ हजार २ सय १५ जना क्वारेन्टिनमा छन् भने आइसोलसनमा ६ हजार ६ सय ४८ जना छन् ।
यस्तै, आज १९ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ६ पुगेको छ । मन्त्रालयका अनुसार मुलुकभर १ लाख ५५ हजार ५ सय १ जनाको पीसीआर र आरडीटीबाट २ लाख ४३ हजार ७५ जनाको परीक्षण भएको छ ।


























