चीनको उत्तरपश्चिमी क्षेत्रमा कडा भूकम्पस् कम्तीमा १०० जनाको मृत्यु
चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यमलाई उद्धृत गर्दै सीआईएनले जनाएको छ ।
समाचारमा जनाइएअनुसार उत्तर–पश्चिम गान्सु प्रान्तमा ५।९ म्याग्निच्युडको भूकम्प गएको हो । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ।
उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको छ। गत सेप्टेम्बरमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा ६।६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो।























