citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अमेरिकी शीर्ष कुटनीतिज्ञ ब्लिन्केन इजरायलमा, अस्थायी युद्धविराम विस्तारका लागि पहल गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

अमेरिकी शीर्ष कुटनीतिज्ञ एन्टोनी ब्लिन्केन इजरायल पुग्नुभएको छ । अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध शुरु भएयता तेस्रो शीर्ष भ्रमणका क्रममा उहाँ तेल अभिभमा पुग्नुभएको छ ।

ब्लिन्केनले गाजा पट्टीका लागि अस्थायी युद्धविराम विस्तार र मानवीय सहायता बढाउनेबारे पहल गर्नुहुने बीबीसीले जनाएको छ ।

दुई पक्षबीच विस्तारित युद्धविराम गएराति सकिएको छ । ६ दिनको अस्थायी युद्धविराम सकिएलगत्तै यसको विस्तारका लागि पहल शुरु भएको छ । मुख्यगरी कतारले अस्थायी युद्धविराम र मानवीय सहायता बढाउन मध्यस्थकर्ताको भूमिका खेलेको छ ।

इजरायल र हमासबीच गाजा युद्धमा विस्तारित युद्धविरामको दोस्रो र अन्तिम दिन हिजो गाजामा बन्धक बनाइएका १६ जनालाई मुक्त गरिएको रेडक्रस र अन्य अधिकारीलाई उद्धृत गरी समाचार संस्था रोयर्टसले जनाएको छ ।

himalayan life insurance
igi long